पवित्रा अधिकारीको ‘देहउत्सव’ माथि एक फर्लङ यात्रा
भौतिकताको दौडमा पारिवारिक तथा यौनजीवन ध्वस्त भएको तस्वीर छ। रोडा कुटेर जीवन गुजारेका बैंस गुजारेका एक वृद्धको आत्मसम्मानको कथा पनि समेटिएको छ।
भौतिकताको दौडमा पारिवारिक तथा यौनजीवन ध्वस्त भएको तस्वीर छ। रोडा कुटेर जीवन गुजारेका बैंस गुजारेका एक वृद्धको आत्मसम्मानको कथा पनि समेटिएको छ।
लघुकथाको रूपविधान भनेको कथावस्तुमा सूक्ष्मता, आयाममा संक्षिप्तता, प्रस्तुतिमा कौतूहलता, आकारमा लघुत्व, स्वादमा व्यङ्ग्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता, उद्देश्यमा एकात्मकता, समापनमा प्रतिध्वन्यात्मकता आदि हुन्।
‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।
‘पहाड र लमतन्न समुद्र’ साहित्यकार पवन आलोकद्वारा लिखित नियात्राकृति हो ।
कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।
‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।
वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्।
वर्तमान नेपाली साहित्यिक वृत्तमा प्रधान भएर देखापरिरहेको नारीमाथि हुने शारीरिक, मानसिक तथा वैचारिक विभेदका बिचमा पुरुष मनोविज्ञान तथा समस्या देखाउनु कृतिको वैशिष्ट्य हो।
यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्।
संयोगले एउटा कुनै दिन सामाजिक सञ्जालमा लघुकथाकार त्रिपुरा खरेलसँग भेट भयो। यो भेटको कार्यकारण लघुकथासँग सम्बन्धित थियो।
‘शुभांशु’ लघकथासंग्रहकी रचयिता शुभ शर्मा मेरा लागि भौतिक रूपमा भेटिएकी,चिनिएकी र जानिएकी स्रष्टा होइनन्। तर संयोग, सामाजिक सञ्जालले भने हामी दुवैलाई आफन्त हुने अवसर दिएको छ।
पुस्तकमा विविध विशेषता छन्। विषयगत विविधता छन्। ग्राम्य परिवेशदेखि शहरी परिवेशसम्म लघुकथाकारको दृष्टि पुगेको छ। भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ।
कृतिमा कृतिकारको मेहनत, सोच चिन्तन, दृष्टिकोण हुन्छ। त्यो यो कृतिमा देखिएको छ। कृतिले लघुकथावृत्तमा संख्या मात्र थपेको छैन, समाज परिवर्तनको लक्ष्य पनि राखेको छ। समाजमा देखिने असङ्गत परिदृश्यप्रति चिन्तित छन् लघुकथाकार। यो कृतिको अनुभवले लघुकथाकारको प्रतिभा अभ्यासको गति झन् तीव्र हुन्छ भन्ने विश्वास लिएको छु। यदि यसो भयो भने कृतिकारको अर्को गुणवत्ता लघुकथाकृति पनि जन्मने छ। साधुवाद।
वस्तुतः मनुका गजलहरू मनुको जीवनचिन्तन तथा उनले सरदर बाँचेको जिन्दगीको सुन्दर पुलिन्दा हो। उनका विचारहरूको अग्गेठ हो, जसले लामो समयसम्म नेपाली समाजको अन्धविश्वासलाई पोलिरहन्छ । चेतनाको विगुल फुकिरहन्छ। विद्रोहको पुल्ठो झोसिरहन्छ।