आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्। यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि, बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि, नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि। हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल, नसानसा याद्को झङ्कार हुन थालेपछि।