गरिबका छोराछोरी, पिछडिएको क्षेत्र, वर्ग, समुदायहरू पढ्नै नपाउने वातावरण निर्माण हुँदैछ अर्कोतिर सरकारी शिक्षा केन्द्रहरू बेरोजगार उत्पादन केन्द्रका रूपमा परिणत भइरहेका छन्।
राजपा नेपालसँग मधेसी एकता र आन्दोलनको 'गुडविल' छ। मधेस आन्दोलनका आधा दर्जन जति माग सम्बोधन गराएको 'लिगेसी' छ। सडकमा अलपत्र रहेको मधेस आन्दोलनलाई जोगाएको 'क्रेडिट' छ। जसको नेतृत्वमा सामूहिकता र पारदर्शिता पनि छ।
तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी हो। लोकतन्त्र तमलोपाको ढुकढुकी हो। तर, पनि तमलोपा कतिपय सवालमा स्पष्ट देखिँदैन।