२० असार २०८१ बिहीबार
image/svg+xml
कला

न्युर्योकको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने, सुशान्तले दर्शक नचाउने

चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्योकमा दर्शक नचाउँने भएका छन्।

न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन्।

हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलो पटक नेपाली कलाकारकोे कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिकसमेत रहनेछ। कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कँडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन्।

नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोहीस्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कँडेलले बताए।

कार्यक्रममा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागिता जनाउन सक्नेछन्। न्युर्योकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजकमध्येका एक रोशन गौचनले बताए। कार्यक्रमको मिडिया संयोजक रेशमजंग शाह रहेका छन्।

करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी’, ‘नजिक आउ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउँछु’ लगायत दर्जन बढी लोकप्रिय गीत गाउने तयारी छ। 

प्रकाशित: १४ असार २०८१ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App