२३ असार २०८१ आइतबार
image/svg+xml
कला

सलमान र रजनीकान्त एकसाथ आउँदै

बलिवुडका भाइजान सलमान खान र टलिवुडका सुपर स्टार रजनीकान्त एकसाथ चलचित्रमा आउने भएका छन्।

दक्षिण चलचित्र जगतका सबैभन्दा चर्चित निर्देशक एटलीले यी दुई सुपर स्टारलाई एकसाथ एउटै चलचित्रमा ल्याउने तयारी गरेका छन्।

गत वर्ष बलिवुडको सबैभन्दा ठूलो हिट बनेको जवान चलिचित्रका निर्देशक समेत रहेका एटलीले आफ्नो आगामी प्रोजेक्टमा सलमानसँग काम गर्ने भएका छन्।

एटलीले चलचित्र जगतका दुई दिग्गजलाई एकसाथ ल्याउने भएपछि दर्शक र उनका फ्यानहरूमा उत्साह दोब्बर बनेको छ।

एटलीले रजनीकान्तसँग यसअघि रोबोट चलचित्रमा काम गरिसकेका छन्। तर, सलमानसँग यो उनको पहिलो चलचित्र हुनेछ।

चलचित्रको बारेमा थप जानकारी भने दिइएको छैन।

प्रकाशित: ११ असार २०८१ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App