२३ असार २०८१ आइतबार
image/svg+xml
कला

सकियो नेपाल-अमेरिका फिल्म महोत्सव

नेपाल–अमेरिका फिल्म महोत्सवको सातौं संस्करण सकिएको छ। चार दिनसम्म चलेको महोत्सवको अन्तिम दिन फिडेल देवकोटाद्वारा निर्देशित ‘द रेड सुटकेस’ फिल्म प्रदर्शन गर्दै समापन गरिएको हो।

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ फिल्म प्रदर्शनसहित असार ६ देखि अमेरिकाको मेरिल्यान्डमा सुरु भएको महोत्सवको उद्घाटन नेपालसहित श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले गरेकी थिइन्।

महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका पुगेका थिए। महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, भारत र पाकिस्तानलगायत ११ देशका कथानक, डकुमेन्ट्री, सर्ट र एनिमेसन गरी ३५ फिल्म प्रदर्शन गरिएको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले बताए।

‘चार दिन चलेको महोत्सवमा फिल्म प्रदर्शनसहित फिल्मसम्बन्धी विभिन्न विषयमा अन्तक्र्रियात्मक छलफलसमेत भएको थियो’, उनले भने, ‘फिल्ममार्फत नेपाली संस्कृति र कलाको पहिचान अमेरिकी समाजमा स्थापित गराउन महोत्सव आयोजना गरिहरेका छौं।’ महोत्सवमा नेपालसहित जर्मनीलगायत देशका फिल्मकर्मी सहभागी थिए।

प्रकाशित: ११ असार २०८१ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App