२३ असार २०८१ आइतबार
image/svg+xml
कला

राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव– २०८१ सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो।

महोत्सवमा एक दर्जनभन्दा बढी बाल चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाद्वारा निर्माण गरिएका चलचित्र पनि प्रदर्शन गरिएको थियो।

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तक्रिया गरेका थिए।

महोत्सवका क्रममा चलचित्र निर्माण कार्यशाला ‘मेरो कथा मेरो चलचित्र’ सुरु गरिएको थियो। कार्यशालामा २१ बालबालिकाले प्रशिक्षण लिएका थिए। महोत्सवमा चलचित्रसम्बन्धी फोटो प्रदर्शनीसमेत गरिएको थियो। गत वर्ष दाङमा पहिलो बाल चलचित्र महोत्सव आयोजना गरिएको थियो।

प्रकाशित: ११ असार २०८१ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App