२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

माफियाको अस्पताल

यस्ताे पनि!

मारियो पुजोलिखित उपन्यास ‘गडफादर’ पढ्नु भएको भए इटालियन माफिया कस्ता हुन्छन् भन्ने थाहा पाउनु भएको होला। सो उपन्यास नपढ्नु भएको भए पनि सो उपन्यासमाथि बनाइएको गडफादर फिल्मका तीनवटै संस्करणको लोकप्रियताले पनि तिनको आकर्षणबारे थाहा पाउनु भएको होला।

संसारमै कुख्यात माफियामध्येमा पर्ने इटालीले माफियाले बेलामौकामा उधुम मच्चाउने गर्छन्। पछिल्लो समय इटालीको नेपल्स राज्यको एउटा अस्पताल कब्जा गरेर ‘मृत्युको कारोबार’ चलाइरहेको खुलासा भएको छ।

द टाइम्स अखबारका अनुसार, नेपल्समा रहेको सान जियोभानी बोस्को अस्पताल चलाउनुको मुख्य उद्देश्य नै सर्वसाधारणको ज्यान जोगाउनु नभई तिनलाई मृत्युको मुखमा पु¥याउनु र त्यसअघि तिनको सक्दो आर्थिक शोषण गर्नु रहेको खुलासा भएको हो। सो अस्पतालका विभिन्न विभागबाट मानिसहरूलाई लागु औषध बेच्ने, बढी रकम तिर्नेहरूलाई तीव्र गतिको उपचार उपलब्ध गराउने, अस्पतालमार्फत दुर्घटना इन्सुरेन्स घोटालाको शृंखला चलाउने, कोकिनको व्यापारका लागि अस्पतालका एम्बुलेन्सलाई उपयोग गर्ने गरेको बताइएको छन्।

यस्तो काण्डको खुलासा गर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन। अनुसन्धान अधिकृतहरूले हिटम्यान र कन्ट्राक्ट किलरहरूलाई अस्पतालले विभिन्न सर्जिकल उपकरणहरू उपलब्ध गराउने गरेको र डिएनए परीक्षणमा कारक तत्व फेला नपरोस् भनी मेडिकल जेलहरू दिइने गरेको समेत बताइएको छ।

अस्पतालका ९० प्रतिशत कार्यहरू भ्रष्ट हुने गरेको अस्पतालका पूर्वकर्मचारीमध्ये एक थियोडोरो डि रोसाले अनुसन्धानकर्ताहरूलाई बताएका छन्। सो अनुसन्धानको ४८१ पृष्ठ लामो एरेस्ट वारेन्ट हालै प्रहरीले जारी गरेको छ।

यो अस्पताल नेपल्स राज्यकै पाँच ठूला अस्पतालमध्ये एक पर्छ। यसलाई सरकारले अढाई बिलियन पाउण्ड अनुदान दिने गरेको छ। यो अस्पताल नेपल्सको सबैभन्दा शक्तिशाली कमोरा माफियाको चङ्गुलमा परेको अधिकारीहरू बताउँछन्।

केही समयअघि स्थानीय सांसद एमिलियो बोरेलीले अस्पतालमा चलिरहेको यस्तो काण्डको पर्दाफास गर्दै कमोरा समूहविरुद्ध प्रदर्शनी र भण्डाफोर गरेका थिए। उनले सोही अस्पतालमा बसेर प्रदर्शन गर्दा गुण्डाहरूले निर्घात कुटपिट गरी सोही अस्पतालमा भर्ती गराएका थिए।

अर्को समूह माफिया समूह कोन्टिनीले अस्पतालको क्याफे, पिजेरिया, सफाई सेवा, कार पार्किङ लगायतका ठाउँ कब्जा गरेको समेत खुलासा बोरेलीले गरेका थिए।  

प्रकाशित: ११ असार २०८१ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App