२३ असार २०८१ आइतबार
image/svg+xml
कला

लोहनी, मधिकर्मी र चालिसेलाई नमस्ते आधुनिक लघुकथा मञ्चबाट सम्मान

नमस्ते आधुनिक लघुकथा मञ्चले २०८१ को विशिष्ट अभिनन्दन कथाकुथुङ्ग्री सिर्जना नायक पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधक ध्रुव मधिकर्मीलाई तथा आदर्श लघुकथा सर्जक सम्मान डा.विदुर चालिसेलाई प्रदान गरिने भएकाे छ।

नमस्ते आधुनिक लघुकथा मञ्चले २०८१ सालका लागि लामो समयदेखि समालोचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत आख्यानको छोटो आख्यात्मक संरचनाका रूपमा कथाकुथुङ्ग्री समेतको सिर्जनामार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि वरिष्ठ साहित्यकार एवं कथाकुथुङ्ग्रीका रचनाकार पुष्कर लोहनीलाई ‘कथाकुथुङ्ग्री सिर्जना नायक’ र नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि लघुकथा लेखनमा विशिष्ट योगदान गरेका ध्रुव मधिकर्मीलाई ‘अविश्रान्त लघुकथा साधक’ का रूपमा अभिनन्दन गरिने भएको छ।

त्यस्तै कविता, समालोचना, भाषाविज्ञान एवं लघुकथाको समेत रचना गरी विभिन्न विधा एवं उपविधासहित उपविधागत बृहत्तर आकारको शताब्दम् महाशक्ति लघुकथा महासङ्ग्रह जस्तो एक आदर्श कृतिको सिर्जनामार्फत नेपाली साहित्यमा पुर्‍याएको विशिष्ट योगदानका लागि भावाविद् एवं वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’ प्रदान गरिने भएको नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक कृष्णजी शर्माले बताए।

प्रकाशित: १० असार २०८१ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App