२३ असार २०८१ आइतबार
image/svg+xml
कला

मूर्ति बन्न चोट सहनुपर्छ

तस्वीर कथा

पाटन सुन्धाराका त्रिरत्न बज्राचार्यले मूर्ति बनाउन थालेको दुई दशक भइसक्यो। दक्षिणकाली भेगमा रहेका ढुङ्गा ल्याएर त्यसलाई ह्याम्मर र छिनाको सहाराले आकार दिँदै उनी मूर्ति बनाउने गर्छन्। यस अवधिमा उनले बनाएका विभिन्न देवीदेवताका मूर्ति देशका विभिन्न भागमा पुगेका छन्।

दिनभर छिनाको चोट सहेर आकार लिएका मूर्तिहरू देशका विभिन्न भागमा पुजिँदै आएका छन्। हेर्दा हेर्दै ढुङ्गो मूर्ति भएको देख्ने प्रत्यक्ष साक्षी उनी चोट सहेर मात्र मान्छे पनि ज्ञानी बन्ने सुनाउँछन्।

 

‘पूजनीय बन्नलाई चोट सहनुपर्छ,’ उनले भने, ‘नत्र ढुङ्गाको मात्र त्यति मूल्य कहाँ हुन्छ र?’

प्रकाशित: १ असार २०८१ ०८:३२ शनिबार

To become an idol you have to suffer Triratna Bajracharya of Patan Sundhara