२४ असार २०८१ सोमबार
image/svg+xml
कला

समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन।उनले नेपालीहरू काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरू बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन । उनले समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताइन। उनले आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्ने बताइन।

अभिनेता दयाहाङ राईले चलचित्र भित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताए । उनले आफैँ भित्र कथाहरू धेरै रहेको र त्यसलाई फरक फरक तरिकाबाट बुझिने बताए । उनले समाज र आफूलाई कसरी बुझ्दा रहेछौँ  भन्नेकुरा चलचित्रमा भनिने बताए।

अभिनेता राईले अहिलेको बजारमा चलचित्र स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने बताए।उनले आदिवासी जनजातिहरूको मूल्य मान्यता बोकेको चलचित्रहरू नै अहिलेको मूलधारमा बगिरहेको बताए। 

प्रकाशित: २३ जेष्ठ २०८१ २०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App