२४ असार २०८१ सोमबार
image/svg+xml
कला

शिवपुरी सन्देशले मनायाे माैलिक उत्सव

शिवपुरी साहित्य समाजले माैलिक रूपमा वार्षिक उत्सव मनाएकाे छ। समाजले सहभागीहरूलाई गुन्दुक, मकै भटमासको साथ मनाेरञ्जन दिलाउँदै वार्षिक उत्सव मनाएकाे हाे।

समाजकाे साेह्राैं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा शिवपुरी सन्देश १०३ पूर्णाङ्कको सभापतित्व, प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, विष्णुबहादुर सिंह लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए।

कार्यक्रममा स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ र किरण पन्थीलाई सम्मानपत्र र नगदले सम्मान गरिएकाे थियो।

त्यस्तै कार्यक्रममा शिवपुरी सन्देशको विशिष्ट सदस्यहरू रामप्रसाद पन्त, पवन आलोक, नवराज पुडासैनी ज्योत्सना, बुध्दिराज पाण्डे, तुल्सीराम पुडासैनी लगायतलाई विशिष्ट सदस्यको प्रमाणपत्र पनि प्रदान गरिएकाे थियाे।

वियोगी बुढाथोकीको स्वागत, शंकर भारतीको धन्यवाद र नगेन्द्रराज शर्मा र विष्णुबहादुर सिंहको मन्तव्य रहेको थियो।

गीतकार हरिकृष्ण धिताल र कवि प्रज्ज्वल अधिकारीले संयुक्त रूपमा चलाएकाे कार्यक्रममा रामेश्वर केसी, रोमा लम्साल, वासुदेव ठकुरी, आँचलकुमार शर्मा, रामबहादुर पहाडी, सरस्वती अर्याल, रूद्र अधिकारी, विष्णु थापा, गंगा खड्का, मन्जु अधिकारी, मुकुन्द शर्मा चालिसे, मायादेवी शर्मा, अरूण खत्री, कमला देवकोटा, रचना अधिकारी, केशवप्रसाद रूपाखेती, राजु शर्मा, प्रमिला ज्ञवाली, प्रशंसा केसी, मनु शर्मा, मायादेवी बस्नेत थापा, विकल त्यागी र पार्वती अधिकारीकाे उपस्थिति  रहेकाे थियाे।

त्यस्तै गरी मोहन केसी, होमशंकर बास्तोला, अनुराधा शर्मा, रामराजा महर्जन, ममता कार्की, रीता खत्री, युवराज नयाँघरे, गोपीकृष्ण थापा, विक्रमभक्त जोशी, राजु अधिकारी, उत्तम विचार, शम्भुप्रसाद गजुरेल, नम्रता उप्रेती, विजयध्वज थापा, नवराज पुडासैनी, रूपक वनवासी, दीपक लोहनी, महेशप्रसाद पाण्डे, डा चेत परियार, रन्जुश्री पराजुली, रूपा रिसाल चालिसे, शंकर भारती, पवन आलोक, रामप्रसाद पन्त, सुभाषचन्द्र पौडेल, जीत कार्की, केशवराज पाठक, वसन्त गौतम,  गुप्तबहादुर श्रेष्ठ, अच्युत घिमिरे, अर्सु घिमिरे, उमेश पान्डे, पौडेल वीमुन्स, सुरेश भट्ट, निर्मल अर्याल, प्रकाश घायल, चेतनपथ माधव, प्रज्ज्वल अधिकारी, कात्यायान, कुमारबहादुर केसी लगायत एक सय तीनजनाको उपस्थिति थियो।

कार्यक्रममा वाचन गरिएको ३६ रचनाबाट प्राडा गोविन्दमान सिंह कार्कीको एकल निर्णायकबाट पुरस्कृतबाट पार्वती अधिकारको कविता उत्कृष्ट घोषणा भएपछि वियोगी बुढाथोकीले निजलाई एक हजार रूपैयाँ नगद र शिवपुरी सन्देश प्रदान गरेका थिए।

प्रकाशित: १८ वैशाख २०८१ १०:३० मंगलबार

अक्षर