१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सलमान खानको घर बाहिर गोली चल्यो

बलिवुड अभिनेता सलमान खानको घर अगाडी अज्ञात समूहले फायरिङ्ग गरेको छ। पटकपटक ज्यान मार्ने धम्की दिइएको सलमान खानको घर आज बिहान ६ः ०५ बजेतिर अज्ञात व्यक्तिहरूले गोली चलाएका हुन्।

उनको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा सवार दुई जना व्यक्तिले ३/४ राउन्ड गोली फायरिङ्ग गरेको प्रहरीले जनाएको छ।

घटनापश्चात अहिले प्रहरी र क्राइम ब्रान्चको टोली सलमान खानको घर पुगेका छन् र अनुसन्धान सुरु भएको छ।

सलमान खानलाई पछिल्लो केही समयदेखि विभिन्न आपराधिक समूहले ज्यान मार्ने धम्की दिँदै आएका छन्।

उनको सुरक्षालाई ध्यानमा राखी प्रहरीको सङ्ख्या थप बढाइएको छ भने निगरानी पनि कडा बनाइएको छ।

प्रकाशित: २ वैशाख २०८१ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App