२४ असार २०८१ सोमबार
image/svg+xml
कला

फिल्म ‘दान्भी’ मा पूजाको लुक्स

फिल्म ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको लुक्स सार्वजनिक भएकाे छ। फिल्ममा पूजाको एक्सन अवतार देख्न सकिन्छ।

फिल्म आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदै छ। काठमाडौँमा फिल्मको अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको छ।

फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन्।

एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ। लभ स्टोरी फिल्ममा रूचाइएकी पूजा यो फिल्ममा एक्सन अवतारमा देखिदै छिन्।

प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।

प्रकाशित: १९ चैत्र २०८० १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App