बलिवुड अभिनेत्री कङ्गना रनौतलाई भारतीय जनता पार्टीले आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।बलिवुडकी क्वीन उपमा पाएकी अभिनेत्री रनौतलाई भारतीय जनता पार्टीले उनकै जन्मस्थल हिमाचल प्रदेशको मन्डी लोकसभा क्षेत्रका लागि उम्मेदवार बनाएको हो।
आइतवार आगामी लोकसभा निर्वाचनका लागि बीजेपीले जारी गरेको पाँचौ सूचीमा रनौतको नाम पनि समावेश गरिएको छ।
बीजेपीले उम्मेदवारका लागि नाम सिफारिश गरेपछि कङ्गनाले धन्यवाद दिएकी छिन्।
![](https://images.nagariknewscdn.com/third-party/1711333144_428690233_947859936686536_8423570469933269429_n.jpg)
आफ्नो सामाजीक सञ्जालमा उनले चुनाव लड्ने मौका दिएकोमा बीजेपीलाई धन्यवाद भनेकी छिन्। साथै उनले भगवानको कृपा रहेमा आफू चुनाव लड्ने बताएकी छिन्।
उनले आफू औपचारिक रुपमा पार्टीमा सहभागी हुन पाएकोमा गर्व महसुस गरिरहेको पनि बताएकी छिन्।
प्रकाशित: १२ चैत्र २०८० ०७:५९ सोमबार