२४ असार २०८१ सोमबार
image/svg+xml
कला

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको फिल्म 'मनसरा' को टिजर सार्वजनिक गरिएको छ।

टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।

फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ।

यस वर्षको हिट फिल्म 'जारी' पछि उपेन्द्रले 'मनसरा' को लेखन एवं निर्देशन गरेका हुन्। फिल्मको प्रदर्शन मिति यसअघि नै तय भइसकेको छ। आउँदो वैशाख २१ गते फिल्म रिलिज हुनेछ।  

प्रकाशित: ८ चैत्र २०८० १८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App