२४ असार २०८१ सोमबार
image/svg+xml
कला

मकवानपुरमा तीन मुक्तककारलाई सम्मान

नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेको भन्दै मुक्तक मञ्च मकवानपुरले तीन जना मुक्तककारलाई सम्मान गरेको छ।

मञ्चको प्रथम अधिवेशन, चाैधाैं मुक्तक वाचन श्रृङ्ख्ला तथा स्रष्टा सम्मान कार्यक्रमकाबीच तीन मुक्तककारलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान- २०८०’ पोखराका मुक्तककार दीपक समिपलाई प्रदान गरियो। समिपलाई ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलले स्थापना गरेकाे तारा स्मृति सम्मान- २०८० बाट मुक्तककार हरिकृष्ण काफ्लेलाई प्रदान गरेको छ। प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान-२०७९’ नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई प्रदान गरिएकाे थियाे।

मुक्तक मञ्चलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै कार्यक्रमकैबीच पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीलाई सम्मान प्रदान गरिएको थियो। मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा सम्मानित स्रष्टाका ५ मुक्तकका साथ मुक्तककार किशन पौडेल, अजिता ओझा, देव निर्दोष, अनुसिया खनाल, प्रविना प्रयासीसहित दुई दर्जन जति मुक्तककारले आफ्नो मुक्तक वाचन गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०८० १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App