२४ असार २०८१ सोमबार
image/svg+xml
कला

महसुस

लघुकथा

१) महसुस

विगतका कर्तुत महसुस गर्‍यो। केटाकेटीको भविष्य निर्माण गर्ने शिक्षक पूर्ण तयारी गरेर कक्षामा छिर्थे। कक्षाकोठाकाे पछाडि बस्ने विद्यार्थीहरू अलिक बदमास र छुकछुक हुन्थे। यस्तो विद्यार्थीलाई ध्यानमा राख्दै पढाउँदा सबै सतर्कतासाथ पढ्थे। उनीले नयाँ र रोचक विषयवस्तु छनोट गरी मनोरञ्जनात्मक तरीकाले कक्षा लिंदा विद्यार्थीहरू प्रभावित हुन्थे। सबैले समय सकिएको पत्तै पाउँदैन थिए। ती शिक्षक सबैका प्रिय र आत्मीय थिए।

कक्षामा एकदमै ज्ञानी र मेधावी विद्यार्थी विवेकको अलि अटेरी, झुट बोल्ने, गृहकार्य नगर्ने जस्ता व्यवहार देखेर शिक्षकले उनलाई नियाल्दै गए। बदमास साथीहरूसँग भट्टी पसलमा खाइरहेको बेला गुरु र चेला दुवैका आँखा जुधे। शिक्षक बाध्य भएर अभिभावकलाई खबर गरे पनि विवेक सुध्रिएन र अन्तिम परीक्षामा अनुत्तीर्ण भयो।

विवेकले अभिभावकलाई जानकारी गराएको र आफूलाई फेल गराएको भन्दै केही केटा लिएर गुरुलाई पिट्न तयार हुँदा समाजले गुरुलाई हैन पिट्ने विद्यार्थीलाई थुक्छ भनी सम्झाउँछन्।

स्नातक उत्तीर्ण विवेकले कैयौं वर्षपछि शिक्षकलाई अचानक भेट्दा विगतका कर्तुत महसुस गर्दै पाउमा पर्‍यो।

२) सोच्नलायक विषयवस्तु

उनी सोचमग्न हुँदै राष्ट्र र सामाजलाई घाटा हुने कुरा साथीलाई भन्दै थिइन्, ‘गल्ती त मानिसबाट हुन्छ। मान्छे पढ्दै / बढ्दै कर्ममा लाग्दा गल्ती पनि गर्न सक्छ। त्यसमा निखार ल्याउन अनुभव, अभ्यास, संगत, सुझबुझ आदिले प्रभाव पारेको हुन्छ हैन त?’

साथीले उसैलाई साेधिन्, ‘मैले तिम्रो कुरा केही बुझिन। कुन प्रसङ्गको कुरा गर्दैछौ?’

उनले आफ्ना भावलाई समेट्दै प्रस्ट्याउन खोजिन्, ‘हेर न! हाम्रो समाजमा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरू आफ्ना अकर्मण्यले चुकेका छन्। कारण राष्ट्र त के अन्तर्राष्ट्रिय क्षेत्रमा दुर्नाम हुन पुगे। यसले त राष्ट्रलाई, व्यक्ति स्वयंलाई र राष्ट्रको सुनौलौ इतिहासलाई नै प्रभाव पार्‍यो नि हैन?’

हुन त हो भन्दै साथीले समर्थन गरी।

त्यति मात्र हो र उनीहरूमार्फत व्यक्ति स्वयं र राज्यलाई आर्थिक लाभ पनि भैराथ्यो नि भन्दै उनले थपिन्।

साथीले साेधिन्, ‘यसको निराकरण कसरी गर्न सकिन्छ त?’

- त्यस्ता व्यक्तिलाई राज्यले निगरानीमा राख्दै र दण्डित गर्दै सचेतना जगाउन सक्छ। उसको अन्तर्राष्ट्रिय छवि नधमिल्याउन र क्षमता र प्रतिभा प्रस्फुटित गर्न अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्न सक्छ। यी सोच्नलायक विषयवस्तु हो जस्तै लाग्छ।

-प्रार्थना खनाल/जोशी

प्रकाशित: १५ माघ २०८० ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App