१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सुजरल्याण्ड बनाउनु पर्दैन सरकार,मलाई मेरो देश बनाइदेऊ!

मुक्तक

१) पीडा

जोख्न मिल्ने मानो तुलो हुँदैन,

पीडा कहिले सानो ठुलो हुँदैन।

लागेपछि दिलमा गडिरहन्छ

निको पार्ने औषधीमुलो हुदैन।

२) छडी

जीवन समय देखाउने घडी हुन सक्छ,

हौसला र प्रेरणाको कडी हुन सक्छ।

टेक्दै हिंडेको बैशाखी पनि कुनै दिन,

अप्ठ्यारोमा समाउने छडी हुन सक्छ।

३) प्रतिक्षा

हजारौंमा किन तिमी खास लाग्यो,

साँझबिहान झल्को रास लाग्यो।

यो वर्ष पनि आएनौ लिन,

हिउँद सकेर मलमास लाग्यो।

४) देश

यही देशमा बस्ने परिवेश बनाइदेऊ,

पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।

सुजरल्याण्ड बनाउनु पर्दैन सरकार?

मलाई मेरो देश बनाइदेऊ।

५) समस्या

भन्दिनुस् ज्योतिष बा! शक्तिशाली  कुन प्रहर छ,

खोसेर मृत्युबाट बालाई फर्काउने रहर छ।

राखेको छु ब्रिक्रीमा मुटुकलेजो जम्मै,

भन्दिनुस् डाक्टरसाहेव! खरिद हुने कुन शहर छ।

 -तारा केसी

प्रकाशित: ५ माघ २०८० ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App