१९ असार २०८१ बुधबार
image/svg+xml
कला

रणवीर कपुर अभिनित ‘एनिमल’ को टिजर सार्वजनिक

बलिवुड अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘एनिमल’ को टिजर सार्वजनिक भएको छ।  

रणवीर कपुरको ४१ औँ जन्मदिनको अवसरमा चलचित्रका निर्माताले उपहार स्वरुप टिजर सार्वजनिक गरेका हुन्।

चलचित्र एनिमललाई रणवीर कपुरको हालसम्मकै इन्टेन्स परफरमेन्स हुने मानिन्छ। साउथ एक्ट्रेस रश्मिका मन्दना र अनिल कपुर अभिनित यस चलचित्रको टिजरमा बबी देवलको अभियनले पनि सबैको ध्यान आफूतिर खिचिरहेको छ।

‘कविर सिंह’ र ‘अर्जुन रेड्डी’ जस्ता सफल चलिचत्र निर्देशन गरेका निर्देशक सन्दीप रेड्डी वांगाको एनिमल पनि निकै सफल चलिचत्र सावित हुने अड्कलवाजी गरिँदैछ।

प्रकाशित: १२ आश्विन २०८० ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App