२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

बलिवुड अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै

बलिवुड अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै छिन्। भारतको आप पार्टीका सांसद राघव चड्ढासँग परिणीतिले आज लगनगाठो कस्नेछिन्।

भारतको राजस्थानस्थित उदयपुरमा हुने विवाहका लागि सबै तयारी पूरा भएको छ।  

परिणीति र राघवको विवाहमा सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भगवन्त मान, छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेल, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत उदयपुर पुगिसकेका छन्।  

यस्तै भारतकी पूर्व टेनिस खेलाडी सानिया मिर्जा, बलिवुड अभिनेत्री प्रियंका चोपडा लगायत पनि विवाहमा सहभागी हुने बताइएको छ।  

गत मे महिनामा टिकाटालो गरेकी परिणीतिलाई बलिवुडको चञ्चले एक्ट्रेसको रुपमा चिनिन्छ।

प्रकाशित: ७ आश्विन २०८० ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App