२४ असार २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक भएको छ ।आज काठमाडौंमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म,संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए ।

 भागवत गीता भन्दा कतिपयले भागवत गीता नै सम्झिने भएकाले एक भगवत गीता भनिसकेपछि भागवत गीता जस्तै अर्को कथाका रुपमा चलचित्र बनाइएको बताए। उनले भाषामा र लोकेसनमा चलचित्रलाई बाँध्ने काम भएको बताए । फिल्म सम्पूर्ण नेपालभरका लागि बनाएकाले सबैले बुझ्ने किसिमले फिल्म बनाएको बताए । त्यस्तै अभिनेत्री सुहाना थापाले भगवत गीता सबैलाई एक ठाउँमा ल्याउने चलचित्र भएको बताइन । त्यस्तै अभिनेत्री एवं निर्देशक झरना थापाले कमला माई पात्रमा आधारित रहेर चलचित्र निर्माण गर्ने बताइन । 

आगामी भाद्र २९ गतेबाट प्रदर्शन आउने सिनेमा एक भगवत गीतामा अल्पसङ्ख्यक लैङ्गिक समुदाय र मधेसको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा,कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ।सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो।झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन्।

प्रकाशित: १५ भाद्र २०८० १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App