२४ असार २०८१ सोमबार
image/svg+xml
कला

सलमानको ‘किसीका भाइ किसीकी जान’ १० वर्षयताकै कमजोर ओपनिङ गर्ने फिल्म

सलमान खानको  ‘किसीका भाइ किसीकी जान’ १० वर्षयताकै कमजोर ओपनिङ गर्ने फिल्म बनेको छ। शुक्रबारबाट हलमा रिलिज भएको फिल्मले कमजोर ओपनिङ गरेको छ हो।

शुक्रबार फिल्मले १५ करोड भारुको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। इद पर्वको दोस्रो दिन भारतीय बक्सअफिसमा फिल्मले २५ करोड भारु कमाएको छ।

सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो। त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ‘किसीका भाइ किसीकी जान’ बनेको छ।  

फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्।

प्रकाशित: १० वैशाख २०८० ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App