२४ असार २०८१ सोमबार
image/svg+xml
कला

पक्राउ परे सलमान खानलाई मार्ने धम्की दिने १६ वर्षिय युवा

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले ठाणे जिल्लाका १६ वर्षीय युवकलाई पक्राउ गरेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त नाबालिगले कन्ट्रोल रुममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ। मुम्बई प्रहरीको मुख्य कन्ट्रोल रुममा सोमबार राति धम्कीपूर्ण कल आएको थियो।

एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘कल गर्ने व्यक्तिले फोनमा सलमान खानलाई ३० अप्रिलमा मार्ने बताएको थियो र यो सुचना सलमानलाई दिन आग्रह गरेपछि फोन काटियो।’

प्रहरीले फेरि फोन गर्दा फोन गर्ने व्यक्तिले आफूलाई ‘गौशाला रक्षक’ भनेर चिनाएको र आफूले जोधपुरबाट राजस्थानमा फोन गरेको बताएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान थाले र प्राविधिक सहयोगमा नम्बर ट्र्याक गर्दा उक्त फोन ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लाग्यो। यो क्षेत्र मुम्बईबाट ७० किलोमिटर टाढा छ।

प्रहरी अधिकारीका अनुसार यस बिषयमा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) पनि संलग्न थियो। सिआइयुका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पद व्यक्तलाई पक्राउ गरेको थियो। पक्राउपछि संदिग्ध ती व्यक्तीको फोन चेक गर्दा कन्ट्रोल रुममा फोन गरेर सलमानलाई ज्यान मार्ने धम्की दिएको पाइएको प्रहरी अधिकारीहरुले बताएका छन्।

ती युवाले सलमानलाई मार्ने धम्कीसहितको फोन किन गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। गत महिना मुम्बई प्रहरीले धम्कीपूर्ण इमेल पाएपछि सलमानको सुरक्षा बढाएको थियो। जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका थिए।

प्रकाशित: २९ चैत्र २०७९ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App