२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई

विराटनगरमा भएको प्रदेश स्तरीय कबड्डी प्रतियोगिताको उपाधि मोरङले हात पारेको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा मोरङले सुनसरीलाई ५६–२८ प्वाइन्टले पराजित गर्दै उपाधि हात पारेको हो।

मोरङका भवेश थापा उत्कृष्ट डिफेन्स र रेडर घोषित भए।

मोरङले उपाधिसँगै १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेको छ भने  उपविजेता सुनसरीले ५० हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा प्रदेशको १२ वटा जिल्लाले सहभागिता जनाएको थियो। मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन्। भोजपुर र खोटाङले सहभागिता जनाएन।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २० असार २०८१ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App