२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

सुन्दरहरैँचालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको सह आयोजनामा मिक्लाजुङको मनोहर जनता माविमा भएको प्रतियोगितामा सुन्दरहरैँचाले उपाधि जितेको हो। 

२१ स्वर्ण, १९ रजत र ७ कास्य पदकका साथ सुन्दरहरैँचा प्रथम भयो। २१ स्वर्ण, ९ रजत र १८ कास्य पदक जित्दै विराटनगर महानगरपालिका द्वितीय र १० स्वर्ण, ५ रजत र ८ कास्य पदकका साथ बेलबारी नगरपालिका तृतीय भयो।

खेलाडीहरुलाई पुरस्कार बाडँदै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले प्रदेश सरकार खेल र खेलाडीको विकासका लागि विभिन्न योजना अघि बढाएको बताए। प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग छलफल गरी बजेट तयार पार्ने बताउँदै, मन्त्री खत्रीले भने, ‘प्रदेश सरकारले खेल र खेलाडीको सम्मान गर्दै उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्नेहरूलाई नगदका साथ सम्मान गर्न थालेको छ। यसले पनि प्रदेश सरकार खेलको विकासमा अघि बढेको पुष्टि हुन्छ। जसरी अध्ययनमा सफल हुन मेहनत गर्नुहुन्छ । त्यसरी नै मेहनतका साथै खेलप्रति लगाव बढाउनु भयो भने एक चर्चित र व्यवसायिक खेलाडी बन्दै आफू र आफ्नो राष्ट्रको नाम राख्न सफल हुइन्छ।’

मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेव, खेलकुद विकास समितिका सदस्य विनोद डाँगीलगायतले पुरस्कार वितरण गरे। 

१७ पालिकामध्ये विराटनगर महानगर, सुन्दरहरैँचा, लेटाङ, केराबारी, रतुवामाई, उर्लाबारी, सुनवर्षी, रंगेली, बेलबारी, कानेपोखरी, बुढीगंगा, धनपालथान र मिक्लाजुङको सहभागिता रहेको थियो। ग्रामथान, जहदा र कटहरी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन्। प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कपर्दीमा ९ सय १८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २१ फाल्गुन २०८० १८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App