२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गर्भवती महिला र जेष्ठ नागरिकहरुका लागि दुई–दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले पालिका भित्रका गर्भवती महिला र जेष्ठ नागरिकहरुका लागि प्रत्येक दुई-दुई महिनामा गाउँघर क्लिनिकमार्फत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले पालिकाभित्रका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता चालू आर्थिक वर्षको चौमासिक अवधिदेखि सम्बन्धित वडा कार्यालयमार्फत् नै वितरण गर्ने निर्णय गरेको पालिका अध्यक्ष दीपेन्द्र पोमूका स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।

यस्तै पालिका भित्रका प्रत्येक वडामा निःशुल्क दन्त उपहार र आँखा शिविर सञ्चालन गरिने भएको छ भने हरेक महिनाको अन्तिममा आसपासका विद्यार्थीलाई समेत लक्षित गरी पालिकाका प्रत्येक माध्यमिक विद्यालयहरुमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेको छ।

गाउँपालिकाले मर्मतसम्भार गर्न आवश्यक देखिएका पालिका भित्रका कच्चीबाटो दशैं अगावै मर्मत गरिसक्ने भएको छ। पालिकाले विभिन्न वडाका लागि आवश्यक पर्ने सडक तथा अन्य भौतिक पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि शीघ्र पहलकदमी लिने समेत निर्णय लिएको छ।  

प्रकाशित: ३१ भाद्र २०७९ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App