२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

जंगली हात्ती पीडितलाई मेयरको राहत

हात्ती पीडितलाई राहत उपलब्ध गराउँदै लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी।

जंगली हात्तीले घर भत्काइदिएपछि बेघर भएका लहान नगरपालिका–१५ मोहनपुर र लग्रहाका ८ परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले पीडितहरुलाई नगरपालिकामै बोलाएर राहत वितरण गरेका हुन्।  

पीडित परिवारलाई प्रति परिवार २५ किलो चामल, नुन, तेल, दाल र तत्काल ओत लाग्न त्रिपाल वितरण गरेको मेयर चौधरीले बताए। हाती पीडित परिवारलाई घर बनाउन सहयोग स्वरुप जस्ता पाता समेत दिने योजना रहेको उनले बताए।

गत्त शुक्रबार राति जंगली हात्ती बस्ती पसेर मोहनपुरका कपले यादव, लग्रहाका राम सदाय, लक्ष्मी, शिव कुमारी, दिपेन र सरोज सदायलषयत आठ जनाको फुसको घर भत्काएको थियो। चुरे फेदीको यस बस्तीमा पसेको जंगली हात्तीले घर भत्काउनुका साथै अन्नबालीसमेत नष्ट गरेको थियो।

हात्तीले घर भत्काएको बस्तीमा पुगेर लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले पीडितहरुलाई तत्काल जस्तापाता, त्रिपाल र खाद्यान्नसहित राहत उपलब्ध गराउने ढाडस दिएर फर्केको तीन दिनपछि उनीहरुलाई खाद्यान्न र त्रिपाल उपलब्ध गराएको हो। गत वर्ष पुसमा जंगली हात्तीको समूह मोहनपुर गाउँ पसेर स्थानीयको घर भत्काएको थियो।

लहान नगरपालिकाका बानो, अमही, मोहनपुर, तरेगनासहित धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकाका तीन दर्जनभन्दा बढी बस्ती बर्सेनि हात्तीको आक्रमणको चपेटामा पर्दै आएका छन्। हात्ती आक्रमणबाट ती क्षेत्रका बासिन्दाको बर्सेनि ज्यान जाने गरेको छ। चुरे क्षेत्रका यी बस्ती हात्ती हिँड्ने करिडोर हो।

प्रकाशित: ३० श्रावण २०७९ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App