२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

प्रजातन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट सजाय मिनाह पाएर छुटे ६ कैदी

प्रजातन्त्र दिवस २०७८ को अवसरमा ताप्लेजुङ कारागारबाट ५० प्रतिशत सजाय भुक्तान गरी सजायको क्रममा असल आचरण देखाएका ६ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन्। 

फागुन ६ गते सम्ममा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिइ निजहरुको बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको ताप्लेजुङ कारागार शाखाका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।

उनका अनुसार मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रकाश भनिने फुर्वा फिनासा शेर्पाले २ वर्ष १ महिना १९ दिन कैद मिनाह पाएका छन्। ५ वर्ष कैद सजाय तोकिएका उनीमाथि सवारी ज्यान मुद्दा थियो। यस्तै ६ वर्ष कैद सजाय तोकिएका मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका डाका मुद्दा खेपीरहेका कृष्ण भनिने मिङ्मा शेर्पाले २ वर्ष ९ महिना ४ दिनको सजाय मिनाह पाएका छन्। 

ज्यान मार्ने उद्योगमा ४ वर्ष कैद सजाय तोकिएका आठराइ त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीका डिके भनिने धनकुमार मास्की मगरले १ वर्ष ७ महिना ३ दिन कैद सजाय मिनाह पाएका छन्।

कारागार कार्यालय ताप्लेजुङका प्रमुख खवासका अनुसार ज्यान मार्ने उद्योग/अंगभंगमा ५ वर्ष कैद सजाय तोकिएका मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाका दीपेश लिम्बूले २ वर्ष २ महिना ९ दिन र बहुबिवाहमा २ वर्ष ६ महिना कैद सजाय तोकिएका आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरा दिनका रजिन गुरुङले १० महिना कैद सजाय मिनाह पाएका छन्।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुका युनिस भनिने दुर्गा लिम्बूले २ वर्ष ११ महिना १५ दिन कैद सजाय मिनाह पाएका छन्।  

प्रकाशित: ७ फाल्गुन २०७८ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App