२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

विपदमा पनि निजी स्वास्थ्य संस्थाको भूमिका देखिएन: मुख्यमन्त्री गुरुङ

पोखरा महानगरपालिका–१९ घार्मीस्थित लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिरः नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सञ्चालन गर्न दिन नहुने बताएका छन् ।

पोखरा महानगरपालिका–१९ घार्मीस्थित लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै गुरुङले विपद्को बेला निजी स्वास्थ्य संस्थाले भूमिका खेल्न नसकेको बताए । ‘कोभिड–१९ महामारीका वेला निजी अस्पतालको भूमिका देखिएन,’ मुख्यमन्त्री  गुरुङले भने, ‘राज्यलाई आवश्यक परेको बेला सेवा नदिने अस्पतालको अरबेला के काम ?’

तीनतहको सरकारबीच समन्वय भए मात्र प्रभावकारी भूमिका खेल्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नुपर्ने स्पष्ट पारे । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनाउन नसकिएकोमा चिन्ता जनाउँदै उनले प्रदेशभित्र गरीबीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने बताए ।  

मुख्यमन्त्री गुरुङले बर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिति आएको बताए । जनतावाट तिरस्कृत भएकाहरुले पार्टी र सरकार चलाउन खोजेको र त्यो कार्य पुरा हुनै नसक्ने पनि उनले ठोकुवा गरे ।  पूर्व खेलकुदमन्त्री जगत विश्वकर्माले परिवर्तन सँगसँगै जनताले विकास र समृद्विको अनुभव गर्न पाएको बताए ।  स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आफ्नो प्रयास जारी राख्ने उनले वचन दिए । पोखरा– १९ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले नयाँ भवन निर्माणसगै स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न सकिने बताएका थिए ।

संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निनर्माण प्राधिकरणबाट १ करोड ४३ लाख रुपैयाँ लागतमा १२ कोठे भवन निर्माण गरिएको हो । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । उक्त चौकीवाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए । स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानीय युवा क्लवको भवनवाट शुरु गरिएको थियो । 

प्रकाशित: २३ फाल्गुन २०७७ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App