२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगरबाट १६० किलो गाँजा बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

विराटनगर–१७ गुजार टोलस्थित खाली जग्गामा बिहीबार राति ११ बजेतिर १ सय ६० किलो गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले सीमा क्षेत्र नजिकबाट खाली जग्गामा छाडिएको अवस्थामा गाँजा बरामद गरेको हो।

गाँजा कारोबारीले सीमा क्षेत्र नजिक ल्याएर भारत लैजान लागेको हुनुपर्ने बताउँदै, डिएसपी बस्नेतले भने, ‘गाँजा कसले कतिखेर ल्याएर छाडेको भन्ने खुलेको छैन। प्रकृति हेर्दा लागुऔषध कारोबारीले भारत लैजाने तयारी गर्दै गर्दा प्रहरी आएको थाहा पाएर त्यहीँ छाडेर भागेको हुनुपर्छ। कसले ल्याएर राखेको हो। त्यससम्बन्धीमा अनुसन्धान भइरहेको छ।’

खाली जग्गामा त्यसै छाडिएको ६ वटा पोकाभित्र गाँजा भेटिएको हो। आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा गाँजा राखिएको र संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ असार २०८१ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App