२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सर्पले डसेर महिलाको मृत्यु

मोरङको रंगेलीमा घरभित्र सुतिरहेकाे बेला विषालु सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ।

रंगेली नगरपालिका–८ खयरबारीकी ५७ वर्षीया कलादेवी ऋषिदेवको विषालु सर्पको डसाइबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार घरमा सुतिरहेको ओछ्यानमा पुगेर बुधबार राति १२ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। 

सर्पले टोकेको थाहा हुनसाथ ऋषिदेवलाई तत्कालै उपचारका लागि भारततर्फ लगिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भयो। शवलाई फर्काएर घरतिर ल्याइएको थियो। कुन प्रजातिको सर्पले डसेको हो भन्ने खुल्न सकेको छैन।’

बिहीबार बिहान साढे ६ बजेतिर मात्रै प्रहरीलाई घटनाको जानकारी पाएको थियो। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०८१ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App