२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

पेस्तोलसहित भारतीय युवक पक्राउ

पेस्तोलसहित भारतीय युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले पेस्तोलसहित युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको सीमावर्ती बैरगनियाका २१ वर्षीय राहुल राम रहेका छन्। उनलाई आइतबार राति साढे १२ बजेको समयमा नेपालतिर आइरहेको अवस्थामा सीमा नजिक प्रहरीले पक्राउ गरेको हाे। 

भारतबाट नेपालतिर आइरहेको नम्बर प्लेट नखुलेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको टुल बक्स राख्ने एरियामा लुकाइ राखेको अवस्थामा एक नाल पेस्तोलसहित रामलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

प्रकाशित: १० असार २०८१ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App