२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मुस्ताङको साङताका बासिन्दालाई राहत

मुस्ताङको साङतामा स्थानीयलाई राहत वितरण गरिँदै। तस्बिरः नागरिक

मुस्ताङको अति विकट क्षेत्र साङताका बासिन्दाका लागि प्रहरीले निर्माण सामाग्री र न्यानो सिरक वितरण गरेको छ।  

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –५ को अति बिकट क्षेत्र साङतास्थित समाज घरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा त्यहाँका १५ घरपरिवारका बासिन्दाका लागि राहत सामग्री वितरण गरेको प्रहरीले बताएको छ। राहत सामाग्री वितरणसहित उक्त गाउँका बासिन्दाको स्वास्थ्य परीक्षण पनि गरिएको थियो।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रमुख डिआईजी दुर्गा सिंह, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका अध्यक्ष रिङजिङ नाम्गेल गुरुङ, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश उपाध्यक्ष अप्सरा खत्री लगायत साङता पुगेका थिए। उक्त अवसरमा साङ्ता गाउमा बसोबास गर्ने १५ घरधुरी परिवारका १५ जना स्थानिय नागरिकलाई १५ थान फाईवर सिरक बितरण गरिएको डिएसपी पाण्डेले जानकारी दिए।  

‘अति विकट गाउँका बासिन्दा हुन । उनीहरुको सहज पहुँच प्रशासनसम्म पनि छैन,’ पाण्डेले भने, ‘बाह्ैंमास जाडो हुने ठाउँका बासिन्दा भएकोले पनि उनीहरुलाई न्यानो सिरक वितरण गरिएको हो।’ त्यस्तै साङताकै समाज घरका लागि दुइ बण्डल (२४ थान) जस्ता पाता पनि वितरण गरिएको थियो। समाज घरको छाना हावाले उडाएर क्षति पुर्याएको थियो। त्यस्तै जिल्ला अस्पताल मुस्ताङको समन्वयमा गाउमा बसोबास गर्ने  २२ जना नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको उनले बताए। अहिले डोल्पा र मुस्ताङ जोड्नेगरि साङता हुँदै मोटरबाटो बिस्तार भईरहेको छ।

प्रकाशित: ६ असार २०८१ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App