२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

रतुवामाईमा चट्याङले किशोरीको मृत्यु

मोरङको रतुवामाईमा चट्याङले लागेर मंगलबार बिहान एक जना किशोरीको मृत्यु भएको छ।

वर्षासँगै परेको चट्याङले रतुवामाई नगरपालिका–४ झुर्कियाकी १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना बेहोस भएकी थिइन।

चट्याङ लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पु¥याउन साथ साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। 

त्यस्तै, धनपालथान गाउँपालिका–७ कदमाहस्थित रामा केवरतको घरमा बिहान साढे ४ बजेतिर चट्याङले आगलागी भएको डिएसपी बस्नेतले बताए। 

उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घरभित्र रहेका सामान पनि जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको र घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित: ४ असार २०८१ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App