२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेलको दोस्रो तल्लाको बाथरूम भित्र धाराको सावरमा झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीया करिष्मा सुनार मृत भेटिएकी सिराहाका प्रहरी प्रमुख(एसपी) रमेश पन्डितले जानकारी दिए ।

उनी बिहान ड्युटी गरेर दिउँसो आफू बस्ने(महिला बालबालिका तथा जेष्ठ नागरिक सेलको दोस्रो तल्ला) मा गएको र धेरै बेरसम्म बाहिर ननिस्केपछी सहकर्मीहरूले खोजि गरेका थिए । भित्रबाट छिस्किनी लगाएर बाथरूम भित्र झुन्डिएको देखेपछि प्रहरीको टोलि पुगेको थियो, एसपी पन्डितले भने,मृत्युको कारण खुल्न सकेको छैन। उनी स्मार्ट प्रहरी थिइन । उनको परिवारलाई खबर गरिसकिएको एसपी पन्डितले बताए । उनी  नेपालगन्जको खजुरा -४ कि स्थायी वासिन्दा हुन ।

प्रकाशित: ३१ जेष्ठ २०८१ १७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App