२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार आरोपमा एक युवक पक्राउ

महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सडकमा बेवारिसे भएर हिँड्ने एक महिलालाई जबरजस्ती करणी गरेर फरार रहेको युवकलाई सर्लाही प्रहरीले करिब दुई हप्तापछि पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुर मसहरी टोलका बासिन्दा ३५ वर्षीय रमन माझी रहेका छन्। माझीले गत जेठ १३ गते करिब ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप रहेको छ।

जेठ १३ मा बागमती नगरपालिका ४ जिरायतस्थित डाँडाटोलबाट नयाँ बस्तीतर्फ जाने सडक किनारमा उक्त महिला अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले महिलालाई उद्धार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचार गराएको थियो। उपचारपछि महिलाले आफूमाथि जबरजस्ती करणी भएको बयान प्रहरी समक्ष दिएकी थिइन्।

महिलाको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ। महिलाले आफ्नो घर सप्तरी जिल्लामा रहेको बताउने गरेकी तर वास्तविक ठेगाना यकिन हुन नसकेको प्रहरीको भनाइ छ। पीडित महिलालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र वीरगंजमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App