२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका– १० वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ।

गएराती रघुगंगा गाउँपालिका– ५ झिँको भालटोके पाखोमा जिप दुर्घटना हुँदा ५३ वर्षीय चालक छविलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार दुर्घटनामा केही घाइते भएकाले उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार जिप दुर्घटनामा च्यापिएको अवस्थामा घाइतेको उद्धार गरिएको थियो भने केहीले हाम फालेर ज्यान जोगाएका थिए । जिपमा चालकसहित पाँचजना सवार रहेका थिए।

दुर्घटनामा बाखेतका गुन बहादुर पुर्जा, विजय पाइजालगायत सवार रहेको प्रहरी भनाइ छ । दुर्घटनामा मृत्यु भएका र घाइतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसीसहितको टोली घटनास्थलमा पुगेका थिए।

प्रहरीका अनुसार दुर्घटनाको जानकारी पाएपछि स्थानीय उद्धारमा खटिएका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुने सक्ने प्रहरी अनुमान छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App