२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गौर नगरपालिकाले ल्यायो कृषि एम्बुलेन्स

रौतहटको गौर नगरपालिकाले कृषकलाई सहुलियतको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर प्रमुख शम्भु साहकानुले जिल्लामा पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका हुन्।

सबै क्षेत्रका नगरवासीको लागि काम गर्ने गरी कार्य गरिरहेको नगरपालिकाले खेतीपाती गर्ने, पशुपालन गर्ने, पक्षी पालन गर्ने किसानहरूको लागि पहिलो पटक प्राविधिकहरू घरमै पुग्ने गरी सेवा दिने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख साहले जानकारी गराएका छन्।

'कुनै किसानलाई खेतमै सेवा चाहिएको हुन्छ तथा कुनै किसानलाई गोठमा पशु तथा कुखुरा पालक किसानलाई फर्ममै सेवा चाहिएको हुन्छ। यस्तो अवस्थामा ठाउँमै पुगेर प्राविधिक सहितको सेवा दिन कृषि एम्बुलेन्स अत्यावश्यक रहेको महसुस गरी कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो,' नगर प्रमुख साहले भने।

गौर नगरपालिकाले कृषिमा समृद्धि ल्याउन विभिन्न योजनाहरू ल्याएका छन्। कृषि एम्बुलेन्सले कृषिको व्यवसायीकरण तथा कृषिको उत्पादकत्वमा गुणस्तरीय वृद्धि गर्न सहयोग पु¥याउने विश्वास नगरपालिकाले लिएको छ। कृषि प्राविधिकको अभावमा कृषि सम्बन्धी कुनै पनि समस्या नगरका किसानले भोग्न नपरोस् भनेर कृषि तथा पशुपक्षी शाखालाई कृषि एम्बुलेन्स उपलब्ध गराइएको नगर प्रमुख साहको भनाइ छ। 

प्रकाशित: २० जेष्ठ २०८१ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App