२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

माग बजेटमा राख्न भन्दै अपाङ्गता भएका व्यक्तिहरूले गरे प्रधानमन्त्रीलाई एसएमएस

संघीय सरकार बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला अपाङ्गता भएकाहरूले आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई एसएमएस पठाएका छन्।

प्रधानमन्त्री लगायतको मोबाइलमा एसएमएस सन्देश पठाएर आफ्ना माग पूरा गर्न सरकारलाई आग्रह गरेका हुन्।

मंगलबार सांसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट भाषण गर्दै गर्दा त्यो बजेटमै सम्बोधन हुने गरी आफ्ना माग समेट्न अपाङ्गता भएकाहरूले एसएमएस गरेको बताएका छन्।

एसएमएस सन्देशमा आफूहरूसँग गरिएको सहमति कार्यान्वयनतर्फ जाँदै छ कि आफूहरूलाई शहीद बनाउने योजना रचिँदै छ ? भनेर प्रश्नसमेत गरिएको छ।

 ‘मन्त्रीज्यू पूर्ण अशक्त अपाङ्गताको लागि ‘व्यक्तिगत सहयोगी सेवा’ उपलब्ध गराउने सम्झौता कार्यान्वयन गर्न बजेटमा व्यवस्था गर्नु भयो कि शहीद बनाउँदै हुनुहुन्छ रु आन्दोलन, वार्ता र अनशन जारी छ। हामीलाई थप आन्दोलनमा नधकेल्नु होला। बजेटको प्रतीक्षामा छौँ। दीपक भण्डारी बचाऔँ !’

यसअघि अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूसँग सरकारले गरेको सहमतिको कार्यान्वयन गर्न दबाब दिन राजधानीमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही अपाङ्गता भएकाहरू घाइतेसमेत भएका थिए। 

प्रकाशित: १५ जेष्ठ २०८१ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App