२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कोदालो प्रहार गरी हत्या

<br>

सिरहाको अर्नमा गाउँपालिका– २ ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे छ।

बिहीबार बिहान खेतमा काम गर्न जाँदा उनकै सँधियारले गर्धनमा कोदालो प्रहार गरी महतोको हत्या गरेको प्रहरीले जनाएको छ।

सँधियारसँग जग्गाका विषयमा भएको विवादका कारण एक्लै भएको मौका छोपी महतोको हत्या गरिएको हुन सक्ने प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार महतो हत्यामा संलग्नको पहिचान भइसकेको छ।

सिरहा प्रहरी प्रमुख (एसपी) रमेश पण्डितले भने, ‘फरार रहेका आरोपितको खोजी जारी छ ।’ प्रहरीका अनुसार महतो विष्णुपुर बजारमा किटनाशक तथा एलपी ग्यासको पसल गर्ने व्यापारी पनि हुन्।

प्रकाशित: ३ जेष्ठ २०८१ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App