२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भेडी गोठमा आगलागी हुँदा एक जनाको मृत्यु, ६० भेडा जले

हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका– ८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ। 

गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडी गोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकार दिए।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दको भनाइ छ। अहिले उनको शव आफन्तसमक्ष जिम्मा लगाइएको छ। भेडीगोठको आगलागीमा परेर ६० वटा भेडासमेत मरेको उनले बताए। रासस

प्रकाशित: ३० चैत्र २०८० १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App