२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

खामलाई थुनामा पठाउने आदेशपछि पीडित रमिता भन्छिन्: न्याय पाएको अनुभूति भएको छ

पीडित रमिता श्रेष्ठ र उनका छोरा रोमन श्रेष्ठ

जिल्ला अदालत चितवनले कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएपछि पीडित रमिता श्रेष्ठले आफूहरुले न्याय पाएको अनुभूति गरेको बताएकी छिन्।

शुक्रबार जिल्ला अदालत चितवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै श्रेष्ठले अदालतले खामलाई थुनामा पठाउन आदेश दिएसँगै आफूहरुले न्याय पाएको अनुभूति गरेको बताएकी हुन्।

उनले भनिन्, 'पहिलो खुड्किला चढे, अब न्याय पाउँछु भन्ने लागेको छ। फरार भएको व्यक्तिलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। यसले न्याय पाउँछु भन्ने लागेको छ।'

उनले यो मुद्दा फितलो बनाउन आफूहरूलाई माओवादी नै हो भन्ने गरेको तर आफूहरू माओवादी नभएको बताएकी छिन्। 

शुक्रबार व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले थुनामा पठाउन आदेश दिएको छ। 

प्रकाशित: २३ चैत्र २०८० १५:०९ शुक्रबार

कमान्डर कालीबहादुर खाम पीडित रमिता श्रेष्ठ रामहरि श्रेष्ठ