हिमाली दृश्य नेपालका गहना हुन्। यी मनमोहक दृश्यले संसारलाई यहाँ बोलाउने हो। हिउँले छपक्क ढाकेका टाकुरा देख्दा कसको मन पुलकित नहोला र?
![](https://images.nagariknewscdn.com/third-party/1709348602_la%201.jpg)
सेता हिमाली दृश्यमा काला काग भने अनौठै देखिन्छन्। केन्जिङ गुम्बा रहेको लाङटाङ उपत्यका पुगेपछि त्यहाँको निलो आकाश, हिमशृङ्खला र त्यहाँ देखिने अनौठा चराले मनलाई आह्लादित तुल्याउँछन्।
![](https://images.nagariknewscdn.com/third-party/1709348800_la%20%2023.jpg)
स्थानीय भाषामा किंगा भनेर चिनिने काग प्रजातिका यी चरा आफैंमा अनौठा देखिन्छन्। लाङटाङ हिमशृङ्खलालाई पृष्ठमा पारेर बसेको यो चराले मन त्यसै लैजान्छ।
![](https://images.nagariknewscdn.com/third-party/1709348984_la%2090.jpg)
अझ हामीले खाँदै गरेको बिहानी खानातर्फ पनि यी चरा आकर्षित हुन्छन्।
![](https://images.nagariknewscdn.com/third-party/1709348734_la%205.jpg)
शिखरको चुचुरोनजिकै हरहमेसा उडिरहेको बादल देखेर सोध्न पुग्छु। निलो आकाशमा एक थेग्लो बादल आफैंमा रोचक देखिन्छ।
![](https://images.nagariknewscdn.com/third-party/1709348892_la%2072.jpg)
सबै रहस्यको जवाफ अन्त्यमा भगवान्मा पुगेर टुंगिन्छ। एक स्थानीयले भने, ‘त्यहाँ देउता छन् ।’ हिमाच्छादित चुचुरा, निलो आकाश र चराहरूको चहलपहलले समय यत्तिकै बितिजान्छ।
प्रकाशित: १९ फाल्गुन २०८० ०८:४५ शनिबार