२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

हिउँको दरबार

तस्बिर कथा

हिमाली दृश्य नेपालका गहना हुन्। यी मनमोहक दृश्यले संसारलाई यहाँ बोलाउने हो। हिउँले छपक्क ढाकेका टाकुरा देख्दा कसको मन पुलकित नहोला र?

सेता हिमाली दृश्यमा काला काग भने अनौठै देखिन्छन्। केन्जिङ गुम्बा रहेको लाङटाङ उपत्यका पुगेपछि त्यहाँको निलो आकाश, हिमशृङ्खला र त्यहाँ देखिने अनौठा चराले मनलाई आह्लादित तुल्याउँछन्।

स्थानीय भाषामा किंगा भनेर चिनिने काग प्रजातिका यी चरा आफैंमा अनौठा देखिन्छन्। लाङटाङ हिमशृङ्खलालाई पृष्ठमा पारेर बसेको यो चराले मन त्यसै लैजान्छ।

अझ हामीले खाँदै गरेको बिहानी खानातर्फ पनि यी चरा आकर्षित हुन्छन्।

शिखरको चुचुरोनजिकै हरहमेसा उडिरहेको बादल देखेर सोध्न पुग्छु। निलो आकाशमा एक थेग्लो बादल आफैंमा रोचक देखिन्छ।

सबै रहस्यको जवाफ अन्त्यमा भगवान्मा पुगेर टुंगिन्छ। एक स्थानीयले भने, ‘त्यहाँ देउता छन् ।’ हिमाच्छादित चुचुरा, निलो आकाश र चराहरूको चहलपहलले समय यत्तिकै बितिजान्छ।  

प्रकाशित: १९ फाल्गुन २०८० ०८:४५ शनिबार

हिउँको दरबार तस्बिर कथा