काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन्।
मानिसहरू धेरै मात्रामा टुँडिखेल पुग्दा भीड बढेको छ। भीड अनियन्त्रित हुँदा टुँडिखेलमा माघी मनाउन पुगेकाहरू घाइते भएका छन्। घाइते हुनेको संख्या आठ पुगेको छ।
![](https://images.nagariknewscdn.com/photos/1705319238_1%20photo.jpg)
अहिले घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो।
सोमबार मगर समुदायको माघे संक्रान्ति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदै छन्।
![](https://images.nagariknewscdn.com/photos/1705319255_2%20photo.jpg)
प्रकाशित: १ माघ २०८० ११:४८ सोमबार