माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ।
![](https://images.nagariknewscdn.com/photos/1705240037_viber_image_2024-01-14_19-28-57-342.jpg)
काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो। काठमाडौं उपत्यकामा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ।
साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलान्चोक र नुवाकोटका तरुलहरु पनि काठमाडौंमा माघे संक्रान्तीका लागि बिक्री हुने गर्दछन्।
![](https://images.nagariknewscdn.com/photos/1705240033_viber_image_2024-01-14_19-28-49-138.jpg)
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन्। जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ।
माघे सङ्क्रान्ति तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
तस्बिरहरू: राजिव खत्री/नागरिक
![](https://images.nagariknewscdn.com/photos/1705240044_viber_image_2024-01-14_19-29-12-954.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705240042_viber_image_2024-01-14_19-29-08-814.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705240040_viber_image_2024-01-14_19-29-04-274.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705240038_viber_image_2024-01-14_19-29-00-774.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705240037_viber_image_2024-01-14_19-28-57-342.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705240035_viber_image_2024-01-14_19-28-53-416.jpg)
प्रकाशित: २९ पुस २०८० १३:४३ आइतबार