उपत्यकामा अत्याधिक सवारी साधनको चाप र ध्वनी प्रर्दशनका कारण सडक फोहर र अव्यवस्थीत भएको देखिन्छ । त्यसैगरी सडक पेटीमा व्यवसाय गर्ने व्यापारीका कारण फोहर हुने गरेको छ । महानगर पालिकाका कर्मचारीले आक्कल झुक्कल सडक पेटी सफा गर्ने गरे पनि सडकमा रहेका बोटविरुवाको हेरचाह गरेको कमै गरेको देखिन्छ ।
अहिले विस्तारै गर्मी लाग्न थालेपछि सडक छेउछाउका बोटविरुवा पानी नपाएर ओइलाउन थालेकाले काठमाडौ महानगरपालिकाले सडकका बोट विरुवालाई टयाङकरबाट पानी दिन थालेको छ । यस कदमले केही हदसम्म सडक छेउछाउका बोटविरुवाको संरक्षण हुन सक्छ । तस्बिर साईराम उपरकोटी
![](https://images.nagariknewscdn.com/authors/1677040390_viber_image_2023-02-22_09-37-59-950.jpg)
![](https://images.nagariknewscdn.com/authors/1677040328_viber_image_2023-02-22_09-37-59-067.jpg)
![](https://images.nagariknewscdn.com/authors/1677040285_viber_image_2023-02-22_09-37-58-991.jpg)
प्रकाशित: १० फाल्गुन २०७९ ०४:२७ बुधबार