प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय किमिटीको बैठकमा आफ्नो १९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धन दलहरुले सिर्जना गरेका सबै किसिमका अवरोधहरुको सामना गरी निर्वाचनको परिणामलाई आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रभाव गरिने बताएका छन्।
शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको १९ बुँदे राजनीतिक प्रतिवेदनमा भूराजनीतिक वहाव र सिर्जित चूनौती, आम निर्वाचन २०७९ को तयारी, गठबन्धन सरकारको एक वर्ष र चौतर्फी संकट, वर्तमान सत्ता गठबन्धन, अवसरवाद र लोकतन्त्रवादीको चुनौती, यसबीचमा भएका पार्टीका मुख्य गतिविधीहरुलगायतका विषयमा व्याख्या तथा टिप्पणीहरु गरिएको छ।
‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’, अध्यक्ष ओलीले प्रतिवेदनको अन्तमा लेखेका छन, ‘जनताको बीचमा पार्टीलाई अझ दृढतापूर्वक स्थापित गर्ने, भ्रमहरु चिर्ने, पार्टीको आन्तरिक एकतालाई थप सुदृढ गर्ने, विभिन्न पार्टीमा अल्मलिएका सकारात्मक पक्षहरुलाई गोलबन्द गर्ने र सिङ्गो पार्टीपङ्ती एउटै लयका साथ अगाडि बढे हामी यस चुनौती माथि सहजै विजय हासिल गर्न सक्छौँ।’
उनले पार्टीमा एक्लै पनि सफल हुन सक्छौँ भन्ने आत्मविश्वास रहेको उल्लेख गरेका छन्। ‘आगामी निर्वाचनलाई गठबन्धनका अवसरवाद, क्षुद्र सत्तास्वार्थ र मुलुकको बर्बादीबाट बचाउने एतिहासिक अवसरका रुपमा सदुपयोग गराैँ’, अध्यक्ष ओलीले भनेका छन्।
![](https://images.nagariknewscdn.com/photos/1661504686_1.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504665_2.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504645_3.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504621_4.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504596_5.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504569_6.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504536_7.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504509_8.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504487_9.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504461_10.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504432_11.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504391_12.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504367_13.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504344_14.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504321_15.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504298_16.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504269_17.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504244_18.jpg)
![](https://images.nagariknewscdn.com/photos/1661504218_19.jpg)
प्रकाशित: १० भाद्र २०७९ ०९:०८ शुक्रबार