२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली सेनाको संयोजनमा कडा सुरक्षा व्यवस्था

सरकारले २५६६ औं बुद्ध जयन्तीका अवसरमा नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि कमान्ड गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।

सोमबार नेपाल भ्रमणका क्रममा हेलिकोप्टरबाट बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।

गृह मन्त्रालयका अनुसार सेनाको संयोजनमा सबै सुरक्षा निकायका अधिकारीहरू सुरक्षामा खटिएका छन्। ‘सुरक्षा व्यवस्था निकै चुस्तदुरुस्त छ। नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू खटिएका छन्,’ मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने। सुरक्षा व्यवस्थामा कुनै कमजोरी नभएको उनको भनाइ छ।

सरकारले मोदीको सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायलाई लुम्बिनीमा केन्द्रित गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू लुम्बिनी पुगिसकेका छन्। लुम्बिनीमा गृह मन्त्रालयका प्रवक्तालगायत सुरक्षा अधिकारीहरूको संयुक्त बैठकसमेत बसेको थियो। 

मन्त्रालयका अनुसार लुम्बिनीमा केन्द्रित सुरक्षा निकायहरूको नेतृत्व नेपाली सेनाले गर्नेछ। मोदीको सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुल थापा शनिबार नै लुम्बिनी पुगेका छन्। त्यसैगरी सशस्त्र प्रहरीले पनि आफ्नो तर्फबाट सुरक्षा व्यवस्था चुस्त राखेको जनाएको छ।

मन्त्रालयका अनुसार भ्रमण अवधिभर सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ। नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षा गस्तीसमेत हुनेछ। ‘भारतीय प्रधानमन्त्रीका साथमा आउने सुरक्षाकर्मीहरूको सहयोगमा नेपाली सेनाले सुरक्षाको जिम्मा लिनेछ। त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्नेछन्,’ गृहले भन्यो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले सुरक्षा व्यवस्थमा कुनै पनि प्रकारको कमजोरी नभएको बताए। उनका अनुसार अहिले प्रहरीको सक्रियता बढेको छ। नेपाली सेनाले नियमित गस्ती तथा ‘पेट्रोलिङ’ गरिरहेको छ।

मोदीको सुरक्षा व्यवस्था मिलाउन गत बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाका उच्च अधिकारीहरू पनि नेपाल आएका छन्। सो टोलीमा ३० जना सुरक्षाकर्मी छन्। भारतीय विमानमार्फत आएका उनीहरूले नेपाली सुरक्षा अधिकारीहरूसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइरहेका छन्। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि भारतीय सुरक्षा अधिकारीहरू नेपाल आएका थिए।

मोदी भारतीय सीमावर्ती सहरबाट हेलिकोप्टरमार्फत लुम्बिनी आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएका छन्। लुम्बिनी क्षेत्रवरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनका लागि भारतबाटै आएका सुरक्षाकर्मीहरूको टोलीले नेपाली सुरक्षाकर्मीहरूको सहयोगमा कार्यक्रम स्थल, मोदी बस्ने होटललगायत वरपरको सुरक्षा व्यवस्था मिलाइरहेको छ।

मोदीको भ्रमण कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदैछन्। भारतीय प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सम्हालेपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। यसअघि सन् २०१८ अगस्ट ३० र ३१ मा बिम्स्टेकाको चौथो सम्मेलनका सहभागिता जनाउन उनी नेपाल आएका थिए। 

केही समयअघि प्रधानमन्त्री देउवाले पनि भारत भ्रमण गरेका थिए। मोदीले देउवाका साथमा मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्। उनले अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणि पोखरी दक्षिणमा रहेको बोधीवृक्षमा विश्राम गर्ने कार्यक्रम पनि तय गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हो। उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा पनि सहभागी हुनेछन्। मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रूपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ। 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले सुरक्षा व्यवस्थमा कुनै पनि प्रकारको कमजोरी नभएको बताए। उनका अनुसार अहिले प्रहरीको सक्रियता बढेको छ। नेपाली सेनाले नियमित गस्ती तथा ‘पेट्रोलिङ’ गरिरहेको छ।

मोदीको सुरक्षा व्यवस्था मिलाउन गत बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाका उच्च अधिकारीहरू पनि नेपाल आएका छन्। सो टोलीमा ३० जना सुरक्षाकर्मी छन्। भारतीय विमानमार्फत आएका उनीहरूले नेपाली सुरक्षा अधिकारीहरूसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइरहेका छन्।

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि भारतीय सुरक्षा अधिकारीहरू नेपाल आएका थिए। मोदी भारतीय सीमावर्ती सहरबाट हेलिकोप्टरमार्फत लुम्बिनी आउने भएपछि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएका छन्। लुम्बिनी क्षेत्रवरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनका लागि भारतबाटै आएका सुरक्षाकर्मीहरूको टोलीले नेपाली सुरक्षाकर्मीहरूको सहयोगमा कार्यक्रम स्थल, मोदी बस्ने होटललगायत वरपरको सुरक्षा व्यवस्था मिलाइरहेको छ।

मोदीको भ्रमण कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदैछन्। भारतीय प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सम्हालेपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। यसअघि सन् २०१८ अगस्ट ३० र ३१ मा बिम्स्टेकाको चौथो सम्मेलनका सहभागिता जनाउन उनी नेपाल आएका थिए। केही समयअघि प्रधानमन्त्री देउवाले पनि भारत भ्रमण गरेका थिए। मोदीले देउवाका साथमा मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्। उनले अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणि पोखरी दक्षिणमा रहेको बोधीवृक्षमा विश्राम गर्ने कार्यक्रम पनि तय गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हो। उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा पनि सहभागी हुनेछन्। मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रूपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ।

प्रकाशित: २ जेष्ठ २०७९ ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App